बाराको सूवर्ण गाउँपालिकामा चट्याङ

रातोघर

 २०७९ अषाढ १७, शुक्रबार  मा प्रकाशित
३७९ पाठक संख्या


असार १७, बारा :

बारा जिल्लाको सूवर्ण गाउन्पालिकामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बर्षासँगै चट्याङ पर्दा सूवर्ण गाउँपालिका वडा नम्बर ७ समफुलुवास्थित आफ्नो खेतमा काम गरिरहेका २० वर्षीय धिरज प्रसाद यादवको मृत्यु भएको बारा प्रहरीले जनाएको छ  ।

बारा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार खेतमा काम गरिरहेको बेला अचानक चट्याङ् लागि यादवको घटनामै मृत्यु भएको थियो ।

चट्याङबाट अन्य एक बालिकासहिग दुईजना घाइते पनि भएको डिएसपी थापाले बताए । उनीहरु पनि यादवसँगै खेतमा काम गरिरहेका थिए ।

घाइते हुनेमा स्थानीय २८ वर्षीय नेतालाल पण्डित र भरोशा यादवकी छोरी ८ वर्षीय छोरी रुवी कुमारी रहेका छन् । घाइतेहरुको हाल स्थानीय अस्पतालमा उपचार चलिरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban