

असार १९ , काठमाडौं :
विद्यालयभित्रै कर्मचारीको मृत्यु भएको विषयमा काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा तोडफोड भएको छ ।
ढुंगा प्रहारबाट विद्यालयको डिजिटल बोर्ड भत्किएको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । विद्यालयमा अहिले प्रहरी पुगेको छ ।
काभ्रेको तेमाल गाउँपालिकाकी २१ वर्षीया रमा रायमाझी विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले अहिले घटनास्थलमा प्रहरी खटाइएको र थप अनुसन्धान भइरहेको बताए । रायमाझी विद्यालयमा डेढ वर्षदेखि कार्यरत थिइन ।






Write your Comment