

असार १९, काठमाडौं :
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भालुको पित्तसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न. ३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जी रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।





Write your Comment