पहिरोमा परी ३ जनाको मृत्यु

रातोघर

 २०७९ अषाढ १९, आईतबार  मा प्रकाशित
३४० पाठक संख्या


असार १९, पाँचथर :

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार राती वर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।

पहिरोमा पुरिएर बेपत्ता भएका ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban