

असार २०, काठमाडौं :
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ मकरीस्थित जंगलमा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ६५ वर्षीय मानबहादुर घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घलान गत शनिबारदेखि बेपत्ता थिए । बेपत्ता उनको खोजीकार्य गर्दा आइतबार साँझ मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनको बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





Write your Comment