सहकारी संस्थाबाट करिब १३ लाख नगद चोरी

रातोघर

 २०७९ अषाढ २१, मंगलबार  मा प्रकाशित
९०५ पाठक संख्या


असार २१,बारा :
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको मुख्य कार्यालयमा गएराती करिब १३ लाख रुपैंया चोरी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा मुख्य कार्यालयबाट संस्थाको सेफमा रहेको १२ लाख ७३ हजार नौसय पन्द्र रुपैंया चोरी भएको संस्थाले जनाएको छ ।

“चोरहरुको अज्ञात समुहले कार्यालयको ढोका, सिसिटिभि क्यामरा, दराज र नगद राखिएको सेफ समेत फोडेर कार्यालयमा रहेको नगद लगेको छ । असार २० गते सोमबार विहान पौने १० बजे कार्यालय खोलेपछी मात्रै घटना भएको थाहा भयो,” संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् ।

चोरीको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सहकारी संस्थाको कार्यालयमा चोरी भएको बताएको छ । प्रारम्भीक अनुसन्धमा पेशवर चोर समुहबाट चोरी भएजस्तो देखिएपनि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

जुरेली न्युजबाट साभार

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban