

असार २१, काठमाडौं :
नेपालमा मंगलबार एकैदिन ९० जनामा कोरोना भाइर (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३ हजार १२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा आरटी पीसीआर विधिबाट ७३ र एन्टीजेन विधिबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका रहेका छन् । त्यहाँ ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यस्तै, सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।





Write your Comment