

असार २२, बारा:
बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।
निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।’
न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।
२१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए । लालध्वजको शव सडेर गलेको र हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएको अवस्थामा शव फेला परेको थियो ।
अपराधिहरुले धारिलो हतियार प्रयोग गरी हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएर हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमान
लामाले दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।
उनको दुबै हात, खुट्टा र लिङ्गसमेत काटिएको थियो । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको बताईएको थियो । सडी सकेको अवस्थामा फेला परेको उनको शवको प्रकृति हेर्दा दुई वटा हात, दुई वटै खुट्टा धारिलो हतियारले गिडिएको, शरिरमाधारिलो हतियार प्रहारगरिएको अवस्थामाशव फेला परेको भन्दैहत्या नैं भएको आशंका घर परिवार र आफन्तलेलगाउदै घटनामा संलग्न दोषीको पहिचानगरि कडा कारवाहीगर्न मागगर्दै आई रहेका थिए ।
हत्या घटनामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई घटना भएको एक साताभित्र नैं पक्राउगरि लामो अनुसन्धान गरेका थिए । प्रहरीले घटनामा संलग्नभएको जनाउदै उनीहरुलाई मद्दा दायर गरेको थियो ।
-फरक नेपालबाट साभार





Write your Comment