

असार २३, विराटनगर :
विराटनगर बसपार्कमाआज बिहानै एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएकोछ ।
प्रहरीका अनुसार, ती पुरुष बसपार्कको प्रतिक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका हुन् । उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतिक्षालयमा बसिरहेका थिए । शव रहेको स्थमादेखि केही पर विषको बट्टा पनि बरामद भएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ ।





Write your Comment