स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

रातोघर

 २०७९ अषाढ २४, शुक्रबार  मा प्रकाशित
४८२ पाठक संख्या


असार २४, रौतहट :

सशस्त्र प्रहरीको टोलीले रौतहटबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेका छन् । उनलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामपुर खापका प्रमुख इन्स्पेक्टर कृष्णनन्दन यादव नेतृत्वको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा शाहिदको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban