हेटौंडाका अमुगाई मृत अवस्थामा फेला

रातोघर

 २०७९ अषाढ २५, शनिबार  मा प्रकाशित
३६४ पाठक संख्या


असार २५ ,मकवानपुर :

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित एक घरको कोठामा अन्दाजी ३५ बर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् । राति सुतेकै ठाउँमा युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत अवस्थामा भेटिएका युवक हेटौंडा- २ घर भएका समाज अमुगाई रहेको जनाइएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban