५० हजार घुससहित इञ्जिनियर पक्राउ

रातोघर

 २०७९ अषाढ २५, शनिबार  मा प्रकाशित
३४२ पाठक संख्या


असार २५ दाङ :

रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी रहेका छन् । डाँगी शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारले जारी गरेको विज्ञप्तिमा मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार पारिदिएबापत सेवाग्राहीसँग इञ्जिनियर डाँगीले उक्त घुस रकम मागेका थिए ।

सेवाग्राहीसँग घुस रकम लिइरहेको समयमा गंगादेव – २ स्वाथ्य शाखाको भवनमा रहेको निवासबाट इञ्जिनियर डाँगीलाई नियन्त्रणमा लिइएको जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारको नियन्त्रणमा रहेका इञ्जिनियर डाँगी माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban