लण्जमा २० देखि ३० वर्षका युवती राखेर दिउँसै यौनधन्दा,नौजना पक्राउ

रातोघर

 २०७९ अषाढ २५, शनिबार  मा प्रकाशित
४५२ पाठक संख्या


असार २५ बिर्तामोड :
झापाको बिर्तामोडका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनका विभिन्न होटलमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले छापामारी नौजना युवतीलाई पक्राउ गरेको हो ।

 

छापामार्ने क्रममा अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात र सूर्योदय टोलस्थित एक घरबाट दुईजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

अनारमनीका डीएसपी रूगमबहादुर कुबरका अनुसार प्रहरीले बिर्तामोड क्षेत्रका अन्य होटलमा पनि छापामार्ने क्रम जारी रहेको छ । पक्राउ पर्नेमध्ये एकजना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एकजना गरी दुईजनालाई अस्पताल पठाइएको डीएसपी कुबरले जानकारी दिनुभयो । युवतीहरु २० देखि ३० वर्षका रहेका र उहीहरु बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको प्रहरीले जानकारी दिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban