लोसपा र एमालेको बहिष्कारका बिच मधेश प्रदेशमा २ विद्येयक पारित

रातोघर

 २०७९ अषाढ २६, आईतबार  मा प्रकाशित
४०८ पाठक संख्या


२६ अषाढ , वीरगञ्ज :

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच मधेश प्रदेश सभाको बैठकले दुई विद्येयक पारित गरेको छ ।

जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।

विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो । बैठकले आर्थिक विनियोजन विद्येयक र प्रदेश सभा सचिवालय कार्य सञ्चालन सम्बन्धी विद्येयक पारित गरेको हो ।
वैठकमा विपक्षी दलका सांसद अनुपस्थित हुँदा पनि सभामुख सरोजकुमार यादवले यो दुबै विद्येयक सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।

 

प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहभागी सरकार छ । प्रदेश सभामा यी दलहरुको बहुमत छ ।
लोसपाका प्रदेश सभा सदस्य उपेन्द्र महतोले भने प्रतिपक्षी बिना बसाइएको बैठकप्रति आपत्ति जनाएका छन् ।

प्रतिपक्षीको अनुपस्थितिमा वैठक बस्नु लोकतन्त्रको चिरहरण भएको बताउँदै उनले यस्तो परम्पराले गलत नजिर बस्ने दावी गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban