

असार ३२, मकवानपुर :
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित श्रमिक माध्यामिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशबाट प्राप्त भएको ल्यापटप शुक्रबार एक कार्यक्रमबीच विद्यालयका १२ जना शिक्षकलाई वितरण गरिएको हो ।
पहिलो चरणमा १२ जना शिक्षकलाई एक शिक्षक एक ल्यापटप अभियानका साथ निर्देशनालयबाट प्राप्त १५ लाख रुपैयाँ बराबरको ल्यापटप वितरण गरिएको छ । त्यस्तै, सोही कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी प्रकाश बलले विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको छ ।
कार्यक्रम बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितीकी कार्यवाहक अध्यक्ष रिता दाहालको सभाध्यक्षमा भएको हो । विद्यार्थीलाई पढाउने क्रममा सूचना प्रविधिको प्रयोगले सिकाईमा प्रभावकारिता बढाउन ल्यापटपको वितरण गरिएको निर्देशनालयका निमित्त निर्देशक दर्जीले बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका अधिकृत घनश्याम खनाल, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देल, विद्यालय व्यवस्थापन समितीका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।





Write your Comment