मधेश प्रदेशमा काम सम्पन्न भएको पौने २ अर्ब भुक्तानी हुन बाँकी

रातोघर

 २०७९ श्रावण ५, बिहिबार  मा प्रकाशित
४१२ पाठक संख्या


मधेश प्रदेशमा गत आर्थिक वर्षमै काम सम्पन्न भएको भनिएका पौने २ अर्व रकम भुक्तानी हुन बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७८/७९ मा काम सम्पन्न भएको भनिएका मध्ये १ अर्ब ७५ करोड ३ लाख ६ हजार ५ सय ३८ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । कर्मचारी अभाव र सर्भर डाउनका कारण सो रकम भुक्तानी हुन नसकेको प्रदेश सरकारको भनाई छ ।

भुक्तानी हुन नसकेको रकम सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य शुरु गरेको अर्थ सचिव गजेन्द्र कुमार ठाकुरले बताए । उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा विविध शीर्षकबाट भुक्तानी दिने छन् ।

 

असार ३२ गते संसदमा भुक्तानी बारे सांसदहरुले आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले भुक्तानी हुन बाँकी रहेको रकम बारे विवरण प्रदेशसभामा बुझाउन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई निर्देशन दिएका थिए । मन्त्रालयले भुक्तानी हुन बाँकी रहेका सबै निकायबाट विवरण मगाई मंगलबार सभामा पेश गरिसकेको छ ।

संसदले अनुमोदन गरेपछि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुमोदन भएको आदेश पठाएपछि भुक्तानी हुने उनले बताए । संसदबाट अनुमोदन भएको आदेश आउने बित्तिकै भुक्तानी हुन थाल्ने उनले जनाए ।

 

 

 

 

 

–यात्रा दैनिक बाट साभार

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban