बाराबाट रजनी राईले झुठो विवरण पेश गरेर लिइन् नेपाली नागरिकता, नक्कली बुबा आमा फरार

रातोघर

 २०७९ श्रावण ९, सोमबार  मा प्रकाशित
१०७१ पाठक संख्या


झुठो विवरण पेश गरेर एक जना भारतीय युवतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन् । भारतको कालिङ्गपोङ् घर भएकी २१ वर्षीय रजनी राईले ईलाका प्रशासन कार्यालय सिमरामा झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएकी हुन् ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा उनले साउन १ गते नागरिकता प्रमाण पत्र नम्बर ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकता लिएकी हुन् ।

स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) को छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन वडा कार्यालयले ईलाका प्रशासन कर्यालय सिमरामा जेष्ठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेष्ठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।

–यात्रा दैनिकबाट साभार 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban