

श्रावण १०, काठमाडौं :
कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएसँगै देशरभ सक्रिय संक्रमितको कुल संख्या ३ हजार ७१४ पुगेको छ । जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोही अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने २१८ जना संक्रमणमुक्त भएका छन् ।





Write your Comment