अपहरण र ज्यान मुद्दाका फरार आरोपी पक्राउ

रातोघर

 २०७९ श्रावण १५, आईतबार  मा प्रकाशित
३९७ पाठक संख्या


अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी रहेका छन् ।

प्रहरीका अनुसार, अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । साउन १४ गते अर्थात शनिबार पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban