लिवर्टी इनर्जी कम्पनी लिमिटेडले बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने

रातोघर

 २०७९ श्रावण १७, मंगलबार  मा प्रकाशित
५३० पाठक संख्या


लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी–ए ले आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको लिवर्टी इनर्जी कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बताए ।

विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ । विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय र सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ ।

उनका अनुसार आयोजनाको मुख्य संरचना बडिगाड खोलाको बायाँ किनारामा पर्दछ । खोलामा बाँध बाँधी खोलाको बाँयापट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६।९८ किलोमिटर हेडरेस सुरुङ हुदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुराइनेछ ।

विद्युतगृहमा जडान भएको तीनवटा टर्बाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban