नारायणगढको पोखरा बसपार्कमा सिसौको रुख ढल्दा दुई ट्रकमा क्षति, बाटो अवरुद्ध

रातोघर

 २०७९ श्रावण १७, मंगलबार  मा प्रकाशित
४८८ पाठक संख्या


भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा रहेको सिसौको रुख ढल्दा दुईवटा ट्रकमा क्षति पुगेको छ ।

आज दिउँसो १२ः५० मा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ट्रकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

प्रहरीका अनुसार ग १ ख ३३२६ र ना १क ३२९६ नम्बरको ट्रकमा क्षति पुगेको छ । यी दुई ट्रकमा एकमा मोटरसाइकल र एकमा ग्यास सिलिन्डर रहेको थियो । मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । ढलेको रुखका कारण अहिले बाटो अवरुद्ध छ । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सहितको टोली खटी रुख काटी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban