

आईफोन १४ सिरिजकाे सार्वजनिक मिति नजिकिएसँगै एप्पलले उत्पादन सुरु गर्न थालेको छ । कम्पनीले भारत र चीनमा एकैपटक आईफोन १४ उत्पादन गर्ने तयारी गरिरहेको छ । एप्पलको भित्री जानकारीहरू सार्वजनिक गर्ने मिङ-ची कुओका अनुसार कम्पनीले नयाँ आईफोन १४ सिरिजमध्ये कम्तीमा एक माेडल भारतमा उत्पादन गरिनेछ ।
यदि यो कुरा सत्य हो भने, यो पहिलो पटक हुनेछ कि नयाँ पुस्ताको आईफोनको उत्पादन चीनसँगै अर्को देशमा एकैसाथ सुरु हुनेछ । कुओले उल्लेख गरेअनुसार सामान्य अवस्थामा चीनबाहिर नयाँ आईफोनको उत्पादन सुरु हुन केही महिना लाग्छ ।





Write your Comment