

सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागुऔषध चरेशसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशी रहेका छन् ।
बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनको पिछा गरेको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट सोमबार पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट डेढ किलो चरेश बरामद गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।





Write your Comment