पथलैया आसपासमा जंगली हात्तीको आतंक

रातोघर

 २०७९ कार्तिक ६, आईतबार  मा प्रकाशित
४७० पाठक संख्या


पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाट जंगली हात्ती शनिवार राती बस्तीमा पसेपछि पथलैयाका स्थानीय आतंकित हुन पुगेका छन् ।

जीतपुरसिमरा १ पथलैयास्थित पुल पारी टोलमा राती १ बजे जंगली हात्ती बस्ती पसेको हो । हात्ती बस्ती पसेपछि गाँउका स्थानीय अत्तालिन पुगेका थिए ।

स्थानीयले हात्ती बस्ती पसेको खबर दिएपछि प्रहरी पुगेको थियो । लामो समयपछि पथलैयाको बस्तीमा हात्ती देखिन थालेपछि स्थानीय भने त्रसिद हुन थालेका छन् ।

बस्तीमा हात्ती देखेपछि होहल्ला गर्दै हात्ती भगाउने प्रयास गरेको स्थानीयले जानकारी दिए । स्थानीयको होहल्लापछि हात्ती सिमरातर्फको जंगल पसेको थियो ।

यसअघि शनिवार दिउँसो पथलैया–अमलेखगंज सडकखण्डमा हात्ती निस्कदा सवारीसाधन केही समय रोकिन पुगेको थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban