पर्सामा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको प्रचार सामाग्री हटाइँदै

रातोघर

 २०७९ कार्तिक ६, आईतबार  मा प्रकाशित
५६९ पाठक संख्या


आचारसंहिताविपरित पर्सा जिल्लाका सार्वजनिक स्थानमा लगाइएका चुनावी प्रचारका सामाग्री निर्वाचन आयोगले हटाउन थालेको छ । राजनीतिक दल एवम् उम्मेदवारहरुले आचारसंहिताको उल्लंघन गरेर प्रयोग गरेका चुनावी प्रचारका सामाग्री आयोगले हटाउन थालेको हो ।

पर्साको क्षेत्र नम्बर ३ का दल एवम् उम्मेदवारले आचारसंहिताको बढी उल्लंघन गरेर चुनावी प्रचार गरीरहेको पाइएको हो । क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबनधनका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले केही दिन अघि गाडीमै ठूला ठूला साउण्ड बक्समार्फत प्रचार गरेका थिए भने ठूलो ठूलो ब्यानरसहित प्रचार गरेर गुप्ताले निर्वाचन आचारसंहिताको ठाडो रुपमा उल्लंघन गरेका छन् । यसका साथै क्षेत्र नम्बर १ लगायत अन्य क्षेत्रका उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै प्रचारप्रसार गर्दा पनि मौन बसेको भन्दै निर्वाचन आयोगले सक्रियता बढाएको हो ।

जिल्ला निर्वाचन कार्यालय पर्साले चुनावी प्रचारका सामग्रीहरू शुक्रबारदेखि सुरक्षाकर्मी लगाएर हटाउन थालेको छ । निर्वाचन कार्यालयका आचारसंहिता उल्लंघन अनुगमन अधिकृत रुद्र कार्कीको नेतृत्वमा सुरक्षाकर्मीसहित खटिएको टोलीले शुक्रबार पोखरीया नगरपालिका, विन्दवासिनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचारसंहिताविपरीत प्रयोग गरिएका चुनावी प्रचारका सामग्री हटाएको हो ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, प्रसौनिभाठा तथा पकहामैनपुर गाउँपालिकाको पकाहास्थित सडकका पोल, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा दल र उम्मेदवारहरूले राखेका झण्डा, ब्यानर, साइन बोर्ड, पोष्टर र पम्प्लेटहरू हटाएको हो ।

पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले दल र उम्मेदवारहरूले फेरि अटेर गरी त्यस्ता गतिविधि गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने चेतावनी पनि दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban