हराएका मानिस ट्रयाक गरेको ‘पप्पी’ बर्षको उत्कृष्ट अनुसन्धान कुकुर

रातोघर

 २०७९ कार्तिक ७, सोमबार  मा प्रकाशित
३३६ पाठक संख्या


यस वर्ष ‘पप्पी’ नेपाल प्रहरीको उत्कृष्ट अनुसन्धान कुकुर बनेको छ। नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा आज कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा पप्पीलाई उत्कृष्ट कुकुर घोषणा गरिएको हो। जर्मन सेफर्ड जातको कुकुर प्रहरीले नेपालमा नै खरिद गरेको थियो। हाल दुई वर्ष पुगेको सो कुकुरले एक वर्षदेखि प्रहरी अनुसन्धानमा खटिएको हो।

ट्रयाकर डग पप्पीले काठमाडौंको शंकरापुर नगरपालिकामा हराएका एक जना पुरुषको खोजी गर्न सहयोग गरेको थियो। गत चैत २९ गते शंकरापुरबाट हरिबहादुर श्रेष्ठ नाम गरेका व्यक्ति हराएका थिए। त्यसपछि कुकुरले घर पछाडिको बाटो हुँदै ट्रयाक गरेको थियो। कुकुरको सहयोगमा नै श्रेष्ठ फेला परेका थिए।

‘हराएको मानिस फेला पार्न पप्पीको सहयोग लिएको थियो। उसले सहि ट्रयाक गर्‍यो,’नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका प्रवक्ता डिएसपी डाक्टर रामचन्द्र सत्यालले भने।

नेपाल प्रहरीसँग ८० वटा भन्दाबढी तालिम प्राप्त कुकुहरु छन्। नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्न दुईवटा कुकुरलाई तालिम दिइ अनुसन्धानमा प्रयोग  गरिरहेको छ। बेलारुसबाट किनेर ल्याएको ब्लडहाउन्ड प्रजातिको कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्ने क्षमता राख्छ। यसको एकदम तीक्ष्ण सुँघ्ने क्षमता हुन्छ।

नेपाल प्रहरीसँग अहिले काली, डिजे, गङ्गा, जङ्गे, मुन्सी, साथी, रेस्क्यु, जो जो, जोली नाम गरेका तालिमप्राप्त कुकुर अनुसन्धानमा खटिरहेका छन्। केहीको नाम नेपाली भए पनि तिनीहरु नेपाली जातका कुकुर हैनन्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban