आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार

रातोघर

 २०७९ कार्तिक १४, सोमबार  मा प्रकाशित
६४५ पाठक संख्या


चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका हुन् ।
 
खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । घाइतेको निधारमा गहिरो चोट लागेको उनले बताए । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban