पारदर्शीताको बाटोमा जीतपुरसिमरा उपमहानगरपालीका

रातोघर

 २०८० जेष्ठ १४, आईतबार  मा प्रकाशित
७८६ पाठक संख्या


सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगरपालीकामा पछिल्लो समय बिभिन्न बिवादहरु चुलिएको छ । कर्मचारीको अनियमित्तादेखी नगर प्रमुखको काम गर्ने शैलीमाथी नै बिभिन्न टिप्पणीहरु ह्ुने गरेको देखिन्छ ।

जितपुरको गौशाला ब्यवस्थापनमा कडा स्वरुपमा उत्रिएका प्रमुख राजन पौडेलले प्रशासनको बिरोधका बिचपनी डोजर चलाए र गौशालामा बनेका अवैध संरचना हटाए । यता जितपुरको सार्वजनिक जग्गामा बनेका अब्यवस्थित घरटहरा भने ४ गतेको समयसिमा तोकिएपनी नगरले समय लम्ब्याएको छ ।

यसैगरी नगरका गतिबिधिलाई आम जनतामाझ सुसुचित हुन जरुरी रहेको भन्दै प्रमुखकै दबाबमा नगरका सबैखाले गतिबिधिलाई सामाजिक संजाल मार्फत सार्वजनिक गर्न थालेको छ ।

नगरले महालेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेसंगै नगरको आर्थिक गतिबिधिबारे आम जनतामाझ सुसुचितको बाटो खुलेको छ ।

कतिपयले नगरले सो प्रतिवेदन सार्वजनिक गनुले परदर्शीताको बाटोमा नगरपालीका लागेको धारणा ब्यक्त गरेका छन् ।

यसैगरी नगर र वडाबाट सम्पन्न हुने आयोजनाहरुको बिवरण समेत नगरले सार्वजनिक गर्न थालेको छ ।

उमनपाका अनुसार कतिपय आयोजनाहरुलाई प्रतिवेदनले बिरोध गरेको छ । उमनपाका जनप्रतिनिधिको तलबदेखी कर्मचारीको मिलोमतोमा सम्पन्न हुने आयोजनाहरुको समेत प्रतिवेदनले बिरोध गरेको छ ।

महालेखाले बिरोध गरेको बिषयवस्तु प्रति गम्भिर हुने भन्दै आगामी दिनमा सो त्रुटीलाई सच्याएर अगाडी बढने प्रमुख पौडेलले बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban