८ महिनामा ७४१ जना विदेशीले नेपालमा पाए श्रम स्वीकृति

रातोघर

 २०८० जेष्ठ १४, आईतबार  मा प्रकाशित
२६० पाठक संख्या


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।

यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०७७/७८ मा यो संख्या १०९० थियो । २०७४/७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । श्रम स्वीकृति नवीकरण आर्थिक २०७७/७८ मा १३ सय जनाले गरेको तथ्यांक छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban