महोत्तरीको एनएमबि बैंकबाट लुटियो ३५ लाख

रातोघर

 २०८० जेष्ठ १६, मंगलबार  मा प्रकाशित
६६८ पाठक संख्या


महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ।

मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए।

यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए।

‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन्। अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने।

बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban