

सिमरा ।
बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी एकल कातातर्फ महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने डोजाङ प्रमुख सानु पटेलले जानकारी दिए । पटेलका अनुसार मधेस प्रदेशका प्रत्येक जिल्लाबाट २० जना खेलाडी सहभागी हुनेछन ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा अन्य संघसंस्था तथा स्थानीय खेलप्रेमीले सहयोग गर्ने पटेलले जानकारी दिएका छन । प्रतियोगिता आयोजनाका लागि करिब आठ लाख खर्च हुने अनुमान आयोजकको छ ।





Write your Comment