नेपाल टेलिभिजनका बारा संवाददाता गौतमलाई हातेमालो सहकारी पत्रकारिता पुरस्कार

रातोघर

 २०८० जेष्ठ २१, आईतबार  मा प्रकाशित
६२० पाठक संख्या


सिमराः नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पूर्वसचिव एवम् बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम हातेमालो सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

१६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका बारा संवाददाता गौतमलाई शनिबार १० हजार नगद राशीको पुरस्कारबाट पुरस्कृत गरिएको हो । पत्रकार गौतमलाई राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य टेकप्रसाद चौलागाईले पुरस्कार प्रदान गरेका थिए ।

हातेमालो सहकारीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी दिवसको अवसरमा सहकारीले विभिन्न क्षेत्रका व्यक्ति र कर्मचारीलाई समेत पुरस्कृत गरेको छ ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, पूर्व नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेल, नेपाली कांग्रेसका नेता छविलाल शर्मा, नेकपा माओवादी केन्द्रका प्रेम बराल, जसपाका रुपलाल चौधरीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban