

सिमरा ।
विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बढ्दो गर्मीका कारण सार्वजनिक तथा संस्थागत विद्यालयको बिदाको समय फेरी लम्ब्याएको छ ।
मंगबार सुचना जारी गर्दै उपमहानगरले थप तिन दिन बिदा थपेको हो ।
पछिल्लो केही दिनदेखि तराई क्षेत्रमा गर्मी बढेको हुँदा विद्यालयमा पठनपाठनमा कठिनाइ हुने र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हुँदा बिदा थपिएको हो ।
जल तथा मौसम विज्ञानका अनुसार अझ थप केही दिन तराई क्षेत्रमा तातो हावा र लु लाग्न सक्ने सम्भावना रहेको हुँदा जेठ २४ देखि २६ गतेसम्म थप गरी बिदालाई निरन्तरता दिइको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । यसअघि बढ्दो गर्मीकै कारण उपमहानगरले १८ गतेदेखि २३ गतेसम्म बिदा दिइएको थियो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अनुसार उपमहानगरको शैक्षिक क्यालेण्डरअनुसार श्रावण महिनाको बर्खे बिदाबाट कट्टा हुने गरी बिदाको व्यवस्थापन गरिएको हो । बारमा गर्मीका कारण दिउँसो सडकमा सवारी, र सर्वसाधारणको हिँड्डुल अत्यन्त कम रहेको छ ।






Write your Comment