

जीतपुर ।
शिशुको हत्या गरी फरार रहेका आरोपित बुवालाई पक्राउ गरेर बारा प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । प्रहरीले बाराको देवताल गाउँपालिका-४ पिप्राडि टोल बस्ने २२ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
आरोपित नुर आलम अन्सारीलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोट बाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।उनले जेठ १४ गते बेलुका आफ्नै २० दिनको छोराको हत्या गरेको आरोप छ।उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।





Write your Comment