

बाराको कोल्हवी नगरपालिका वाड नम्बर १ स्थित मठवा चौरमा १० करोड ७० लाखको लागतमा नेपाल बिधुत प्राधिकरण सब स्टेशनको नगर प्रमुख रामप्रसाद चौधरीले बिधिपुर्वक पुजापाठ गरी शिलान्यास गरेका छन् ।
१० करोड ७० लाखको लागतमा निर्माण हुने सब स्टेशन १८ महिनाको अवधिमा आर के इन्टरनेशनल काठमाडौसंग कार्य सम्पन्न गर्ने सम्झौता भएको छ।
सब स्टेशन निर्माण भएपछि कोल्हवी नगरपालिकाका जनताहरु लोडसेटिङ र भोल्टेज कमिको समस्याबाट मुक्त हुने स्थानीयबासीहरुले बताएका छन् ।
उक्त शिलान्यास कार्यक्रममा उधोग बाणिज्य संघ कोल्हवीका पुर्व अध्यक्ष एवम समाजसेवी ढुन्ढिराज उप्रेती ,नगर उधोग बाणिज्य संघ कोल्हवीका सस्थापक अध्यक्ष महेश साह ,समाजसेवी कपिलदेव पन्जियार ,नन्दलाल चौधरी ,युवा नेता शिव चौधरी ,सशस्त्र बेश कोल्हवीका प्रमुख बिश्वनाथ यादव,समाजसेवी, सन्चारकर्मी र बुद्धिजिविहरु लगायतको उपस्थिति रहेको थियो।





Write your Comment