हिरासतको वाल भत्काएर भागेका व्यक्ति पक्राउ

रातोघर

 २०८० जेष्ठ २७, शनिबार  मा प्रकाशित
३५७ पाठक संख्या


धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पक्राउ परेका छन्।

शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।

क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो।

उनीसहित ६ जना गत माघ १६ गते बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका थिए।

उनीहरूमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban