

सिमरा ।
हलखोरिया साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा विकल्प भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियाबाट युवा नेता भट्टराई निर्वाचित भएका हुन् ।
उनले २ सय १६ मत ल्याएर निर्वाचित भएभने उनका निकटतम प्रतिद्वन्द्वी धुर्व यादवले १ सय २७ मत ल्याएका थिए ।
हल खोरिया हलखोरिया साझेदारी वन उपभोक्ता समूहले शुक्रबार साधारण सभा सम्पन्न गरी शनिवार नयाँ कायृकालको निर्वाचन सम्पन्न गरेको हो । भट्टराई नेपाली काँग्रेसबाट सर्वसम्मत उम्मेद्वार थिए ।





Write your Comment