वीरगन्जमा नाला सफा गर्ने क्रममा १०५ थान गोली भेटियो

रातोघर

 २०८० जेष्ठ २८, आईतबार  मा प्रकाशित
४०८ पाठक संख्या


वीरगन्ज । 

वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित  नाला सफाइ गर्ने क्रममा आइतबार बिहान ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।  महानगरपालिकाका कर्मचारीहरूले नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

फेला परेकोमध्ये ४ वटा गोली  बिग्रेको अवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।

उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।  नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै भेटिएको स्थानमा पुगेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban