मालपोत बाराका खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा, १५ हजार रूपैयाँ घुस लिएको खुलासा

रातोघर

 २०८० जेष्ठ २९, सोमबार  मा प्रकाशित
६९० पाठक संख्या


बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban