अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न- वैदेशिक सहयोगको लिखित सम्झौता पेस गर्न सक्नुहुन्छ?

रातोघर

 २०८० जेष्ठ २९, सोमबार  मा प्रकाशित
५३८ पाठक संख्या


काठमाडौं : सांसद् डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको अनुमान अविश्वसनीय रहेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै सांसद् वाग्लेले बाह्य सहयोगको हकमा प्रतिबद्धता व्यक्त गरिएको रकममात्रै लेखिएको भनिए पनि पत्याउन नसकिने बताए। उनले यस सम्बन्धमा लिखित सम्झौता पेस गर्न अर्थमन्त्री प्रकाशशरण महतलाई आग्रह गरे।

वाग्लेले भने, ‘५५ अर्ब रुपैयाँ अपेक्षित वैदेशिक सहयोगमा जम्मा पाँच अर्ब आएको छ। तर, अर्को चार हप्ताभित्र ३८ अर्ब आउँछ भनेर बजेटमा लेखिएको छ। अर्को साल ५० अर्ब आउँछ भनेर लेखिएको छ। के लिखित सम्झौता नै पेस गर्न सक्नुहुन्छ माननीय अर्थमन्त्रीज्यू? ’

बाह्य सहयोगको हकमा जे प्रतिबद्धता आएको छ, त्यो लेखिएको छ, भनिए पनि त्यसमा आश्वास्त हुन सकिने आधार नभएको उनको भनाइ छ। राजस्वको प्रक्षेपणबारे अर्थमन्त्रीले दिएको जबाफबाट आफू आश्वस्त नभएको उनले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban