जीतपुरसिमराको कार्यपालीका वैठक् स्थगित, किन पुगेन गणपुरक संख्या ?

रातोघर

 २०८० जेष्ठ ३२, बिहिबार  मा प्रकाशित
९४४ पाठक संख्या


सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालीकाको नगर कार्यपालीका वैठक गणपुरक संख्या नपुगेर स्थगित गरिएको छ । असार २ गतेका लागी तय गरिएको नगरसभाको तयारी गर्न बोलाईएको वैठकमा कार्यपालीकाका ५१ प्रतिशत सदस्यहरु समेत उपस्थित हुन सकेनन् ।

असार २ का लागी तय गरिएको नगर सभाबाट पारित गनुपर्ने बिषयहरुलाई अनुमोदन गनुपर्ने अन्तिम समयमा वैठक नै बस्न नसकेपछी तोकिएको समयमा नगर सभा सम्पन्न हुन नसक्ने भन्ने कतिपय वडा अध्यक्षहरुको भनाई छ ।

निति तथा कार्यक्रम अनुमोदन गर्ने, आन्तरिक आय ठेक्काको वक्यौता रकम असुली गर्ने लगाएतका बिषयमा बोलाईएको वैठकमा कार्यपालीका सदस्यहरु उपस्थित हुन नसकेपछी नगरसभाबारे अन्योलता बढेको हो ।

‘हामी गएकै होैँ, एमालेका वडा अध्यक्ष साथीहरुले हस्ताक्षर गर्न मान्नुभएन ।’ एक वडा अध्यक्षले रातोघरलाई भने, ‘माइन्युट भएको छ , लोसपा सहित काँग्रेस र माओबादीका अध्यक्षहरुको हस्ताक्षर छ, एमालेका साथीहरुले नगर सभा गर्न नदिने जस्तो योजना बनाएको बुझिएको छ ।’ उनका अनुसार वैठक माइन्युटमा ११ जना सदस्यहरुको हस्तास्क्षर छ ।

यता, नगर उपप्रमुख भोला प्रसाद अधिकारीले गणपुरक संख्या नपुगेका कारण आजको वैठक स्थगित गरिएको बताए । उनले भोली नै फेरी वैठक बस्न सक्ने भन्दै नगर सभाको मिती सार्ने बारे अहिले नै छलफल नभएको धारणा राखे ।

यसैबिच नगरपालीकाले सुचना जारी गर्दै कार्यपालीकाको १९ औँ वैठक स्थगित भएको सुचना दिएको छ भने असार १ गतेका लागी पुःन अर्को वैठक बोलाइएको छ ।

उपमहानगरको नगर कार्यपालीका नियमावली, २०७५ को नियम १० को उपनियम ६ र ७ बमोजिम भोली १ गतेको वैठक ३३ प्रतिशतको उपस्थितीमा पनी बस्न सक्ने ब्यवस्था छ । भोलीको वैठक पनी स्थगित भएको वा ३३ प्रतिशत नपुगेमा अर्को वैठक बोलाउनुपरे उपनियम ७ अनुसार जतीजनाको उपस्थितीमा पनी वैठक बस्न सक्ने प्रावधान छ ।

यो वर्ष उपमहानगरले समयमै नगर सभा सम्पन्न गरी आयोजनाहरुको नियमन र कार्यान्वयन प्रभावकारी रुपमा गर्ने योजना बनाएको उपमहानगर प्रवक्ता इश्वर खत्रीले जानकारी दिए । उनका अनुसार भोली वैठक बस्ने र निति तथा कार्यक्रम अनुमोदन गरी तोकिएकै समयमा नगर सभा सम्पन्न गर्न तयारी भइरहेको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban