

सिमरा।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आइतबारदेखि सिभिल इन्जिनियरिङको कक्षा सुरु गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको शुभारम्भ गरेका हुन् ।
प्राविधिक शिक्षा शुभारम्भ गर्दै प्रमुख पौडेलले दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए । दक्ष जनशक्ति उत्पादन हुन सके यस उपमहानगरको विकास निर्माणलगायतको कार्यमा ति जनशक्ती उपयोगी हुने पौडेलको भनाई थियो ।
नगर प्रमुख पौडेलले अस्तव्यस्त अवस्थाको रुपमा रहेको विकास निर्माणको कार्यमा समेत सुधार हुनसक्ने बताए । विज्ञ जनशक्तिको प्रयोग नगरेका कारण हाल भईरहेको विकास निर्माणको कार्य सन्तोषजनक नरहेको पौडेलले बताएका छन् ।
कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्राविधिक शिक्षालय संचालन हुनु गौरवको विषय रहेको भन्दै उपमहानगरपालिकाले सहयोग गर्ने बताए । आफू गाविस अध्यक्ष भएका बेला पथलैयाको शिक्षा क्षेत्रको विकासका लागि काम गरेको बताउदै अधिकारीले आगामी दिनमा पनि आफू प्रतिवद्ध रहेको बताए ।





Write your Comment