जीतपुरसिमरा उपमहानगर मातहतको व्यापारीक सटर भाडा पाँच वर्षदेखी उठ्न बाँकी, असार मसान्तसम्म दाखिला गर्न निर्देशन

नगर उद्योग वाणिज्य संघको सटर भाडा सहुलियत गर्न ध्यानाकर्षण

रातोघर

 २०८० अषाढ ५, मंगलबार  मा प्रकाशित
६९८ पाठक संख्या


सिमरा ।बाराको जीतपुरसिमरा उपमहानगरपालीका मातहतमा रहेको व्यवसायीक सटर भाडा उठाउन नगरपालीकाले ताकेता गरेको छ । बिगत पाँच वर्षदेखी उपमहानगर मातहतका सटरहरुको भाडा बक्यौता देखिएको छ ।

जीतपुरको गुदरी बजार, मीना बजार लगाएतका सटरहरुमा व्यवसायीले पाँच वर्षदेखीको सटर भाडा तिरेका छैनन् । कतिपय पुराना व्यवसायीले साविक स्थानिय निकाय भएदेखीनै सटरमा व्यवसाय संचालन गर्दै आइरहेका छन् ।

नगरपालीकाले मंगलबार अन्तिम ताकेता पत्र जारी गरी २०८० असार मसान्तसम्मको अन्तिम म्याद दिएको छ । अव उनीहरु नयाँ ब्यवस्थाबाट सटर भाडामा लिनुपर्ने वा नविकरण गनुपर्ने भएको हो ।

उपमहानगरको आर्थिक ऐन २०७९ को अनुसुची १० मा भएको ब्यवस्था अनुसार बढेको भाडा दर अनुसार व्यवसायीलाई रकम दाखिला गर्न निर्देशन दिएको छ ।
नगरले मातहतमा रहेका सवै सटरहरुलाई घरबहाल निर्देशिका २०७९ बमोजिम सटर बहालको सम्झौता गर्न समेत आग्रह गरेको छ ।

नगरले स्थानिय कर र आयस्रोतको दायरा फराकिलो बनाउने अभियान स्वरुप बिभिन्न शिर्षकका उठ्न बाँकी रकमहरुको खोजी गर्न थालेको छ ।

नगर उद्योग वाणिज्य संघको सटर भाडा सहुलियत गर्न ध्यानाकर्षण

यसैबिच नगर उद्योग वाणिज्य संघ, जीतपुरले वक्यौता सटर भाडा तिर्ने समयसिमा ६ महिना कायम गर्न आग्रह गरेको छ । कोरोना समयको व्यापार घाटा र आर्थिक मन्दीको कारण देखाउँदै संगले अहिले वक्यौता सटर भाडा नलिन र सहुलियत मुल्य कायम गरि भाडा असुली गर्न आग्रह गरेको छ ।

संघको अध्यक्ष मोहन शर्मा लामिछाने सहित कार्य समिती परिवारले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै बिभिन्न ३ बुदामा आफ्ना मागहरु प्रस्तुत गरेको छ ।

करको दायरालाई वैज्ञानिक तवरबाट लिन आग्रह गर्दै संघले बजार र फोहर व्यवस्थापनमा ध्यान पुर्याउन आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban