आज वर्षको सबैभन्दा लामो दिन

रातोघर

 २०८० अषाढ ६, बुधबार  मा प्रकाशित
५४० पाठक संख्या


आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन ।

आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो ।

जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् ।

डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban