बारामा सशस्त्र प्रहरीद्धार स्रोत नखुलेको सात लाख बरामद

रातोघर

 २०८० अषाढ ६, बुधबार  मा प्रकाशित
१०९० पाठक संख्या


सिमरा ।

सशस्त्र प्रहरी बल १२ नम्बर हेड क्वाटर बाराले स्रोत नखुलेको लाखौँ रकम बरामद गरेको छ । बाराको कलैया उपमहानगरपालीका १० मटिअर्वा सीमा नाकामा सशस्त्र प्रहरी बल १२ नम्बर हेड क्वाटरको मातहतमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटेको टोलीले सो नगर बरामद गरेको हो ।

सहायक प्रहरी नायव उपरिक्षक सुमन बोगटीको नेतत्वमा रहेको टोलीले विषेश सुचनाको आधारमा रकम फेला पारेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको ना ३७ प ९७३५ नम्बरको मोटरसाइकलमा कलैया उपमहानगर ८ बस्ने ४५ बर्षे मदन कुमार मिश्रको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ७,०६,७२५ नगद पक्राउ गरिएको हो ।

निजलाई पक्राउ गरी आवश्य कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रकृयमा रहेको शसस्त्र प्रहरीले जनाएको छ । बारामा पछिल्लो समय शसस्त्र प्रहरीले आफ्नो सकृयता बढाएको छ । सिमा नाकाहरुमा भइरहेको अवैध कारोवार र तस्करी रोक्न मधेश प्रदेशकै शसस्त्र प्रहरी लागी परेको छ ।

शसस्त्र प्रहरी मधेश प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र शाहका अनुसार हाल मधेशका ८ वटै जिल्लाका सिमा नाकाहरुबाट हुने अवैध तस्करी रोक्न बिशेष अभियान नै संचालन गरेको बताए ।

उनले ८ जिल्लाकै सिमा नाकाहरुमा सशस्त्र प्रहरीले आफ्नो भुमिका सकृय बनाएको भन्दै उनले आफ्ना मातहतका निकाय र टोलीहरुलाई कडा निर्देशन दिएको बताएका छन् । सोही अनुसार जिल्ला पछिल्लो समय अवैध गाडीहरु र नगद रकम बरामद गर्ने क्रम बढेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban