पूर्वन्यायाधीश गिरीमाथि अदालतमै जुत्ता प्रहार

रातोघर

 २०८० अषाढ ८, शुक्रबार  मा प्रकाशित
४५२ पाठक संख्या


काठमाडौं ।

काठमाडौं जिल्ला अदालतमा  पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका  हुन् ।

भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीले सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban