

सिमरा ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले राणालाई वर्षको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुका साथै कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको गहन रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले राणालाई शुक्रबार उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले जनाएका छन् ।
नेपाल मात्र नभई भारतिय सिमानाकामा हुने अवैध मानव तस्कर, यौन हिंशा, वालवालिका तथा महिला वेचविखन, अपराध जन्य घटनको अनुसन्धान, फरार सुचीका अभियुक्त खोजी लगाएतका क्षेत्रमा उनको सफलताबारे बाराको स्थानियत तवरमा समेत प्रशंसा हुने गरेको छ ।
उनी भारतिय सिमा क्षेत्रमा हुने अपराधजन्य दजनौँ घटनाहरुको अनुसन्धानमा सफलता प्राप्त गरिसकेका छन् । जिल्लामा कतिपय अवस्थामा घटनाको अध्ययनको शिलशिलामा जटिल अवस्था आइपरे उनलाई बिशेष रुपमा आमन्त्रण गरी सहयोग लिने समेत गरिएको छ ।





Write your Comment