काठमाडौंका मेयर बालेन्द्रविरुद्ध सर्वोच्चमा रिट

रातोघर

 २०८० अषाढ १०, आईतबार  मा प्रकाशित
४५५ पाठक संख्या


काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले रिट दायर गरेकी हुन्। उनको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ।

मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए। हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।

उनले भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban