उर्लियो सेयर बजार : ६२ अंकले नेप्से बढ्दा साढे ६ अर्बको कारोबार

रातोघर

 २०८० अषाढ १०, आईतबार  मा प्रकाशित
४८८ पाठक संख्या


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज लाइफ इन्स्योरैन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

१३ वटै उपसूचक धनात्मक हुँदा बजार नै हरियाली बनेको छ । आज जीवन बीमातर्फको सेयर मूल्य आकासिन पुगेको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban