सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

रातोघर

 २०८० अषाढ १०, आईतबार  मा प्रकाशित
६६९ पाठक संख्या


सिमरा

बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो ।

सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने छन् । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ ।

सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको भोलि एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्ने अध्यक्ष कार्किले जनाए । रामनारायण मिश्र मधेश प्रदेश प्रमुख हरिशंकरका बुबा हुन् । खेल प्रदेश प्रमुखका बुवाका नाममा संचालन हुंदैछ ।

बारा जिल्ला फुटबल संघको सहआयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याचको ट्रफि सहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले बताएका छ ।

प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुने बताईएको छ । रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए । लामाले मधेश प्रदेश स्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुशीको बिषय भएको बताए । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विकाश शाहले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban